६ आश्विन २०८१, आइतबार

मुक्तिनाथ बैंकका सेवाग्राहीलाई दृष्टि आइकेयरमा २० प्रतिशतसम्म छुट

प्रकाशित मिति :  17 March, 2021 8:03 am


काठमाडौं ।

मुक्तिनाथ विकास बैंक लि. का सेवाग्राहीले दृष्टि आइ केयर सिस्टमबाट सेवा लिंदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकका आफ्ना भिषा डेविट कार्डवाहकले विद्युतिय भुक्तानी गर्दा उपलब्ध गराउने छुट सम्बन्धि सम्झौता सम्पन्न भएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।

दृष्टि आइ केयर बाट ओपिडी, शल्यक्रिया तथा अन्य सेवाहरुमा कार्ड प्रयोग गरि गरिने भुक्तानी गर्दा छुट सुविका पाउने भएका हुन् । दृष्टि आइ केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चावहील, नँया बानेश्वर, झापा र बीरगञ्जमा छन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भीसा नेटवर्क भित्रका सबै बैंकको एटिम बाट सुल्क विना रकम झिक्न सकिने व्यवस्थासमेत गरेको छ ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !