६ आश्विन २०८१, आइतबार

आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रवन्धक

प्रकाशित मिति :  17 March, 2021 12:50 pm


काठमडौं । आईपीओ जारी गर्नका लागि सर्वोत्तम सिमेन्टले बिक्री प्रबन्धक तोकेको छ ।

आज एक कार्यक्रम मार्फत बुक विल्डिङ विधिबाट आईपिओ जारी गर्न सर्वोत्तम सिमेन्टले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धकमा तोकेको हो । कम्पनीले सहायक बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई चयन गरेको छ ।

हाल ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सर्वोत्तम सिमेन्टले १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्ने लागेको हो ।आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने कम्पनीले दावी गरेको छ ।

७५० रुपैयाँ प्रतिकित्ता हुने गरी आईपीओ जारी गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले जारी गर्ने कुल ६० लाख कित्ता आइपीओमध्ये २५ लाख कित्ता सर्वसाधारणका लागि, २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि र ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र जारी गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !