३ आश्विन २०८१, बिहिबार

दाङबाट ५७ गोरु नियन्त्रणमा, तस्करीको आशंका

प्रकाशित मिति :  22 December, 2019 3:35 pm


दाङ, ६ पुस । तस्करीको आशंकामा प्रहरीले दाङबाट ५७ गोरु नियन्त्रणमा लिएको छ ।

शनिबार राति १२ बजेतिर गोरु तस्करमा संलग्न रहेको भन्दै २ भारतीय नागरिक र ५७ गोरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाको  छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले भारतबाट नेपाल गोरु ल्याउदै गरेको अवस्थामा गढवा गाँउपालिका वडा नं.५ मुसीधारबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्ति भारतको बलरामपुरका रहेको प्रहरी उपरीक्षक भट्टराईको भनाई छ । पक्राउ परेका मानिश र गोरुलाई भन्सार कार्यालय नेपालजंमा बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !