६ आश्विन २०८१, आइतबार

चिरख्वा हाइड्रोपावरको आइपीओ आउँदै

प्रकाशित मिति :  17 March, 2021 2:01 pm


काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले रु. १०० अंकित दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतापत्रमा चिरख्वा हाइड्रोपावरका तर्फबाट सञ्चालक केदारनाथ कार्की र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।



प्रतिक्रिया दिनुहोस !