६ आश्विन २०८१, आइतबार

फूडमाण्डुको अर्डर ‘आइएमई पे’ बाट भुक्तानी गर्दा २५% क्यास ब्याक

प्रकाशित मिति :  17 March, 2021 2:25 pm


काठमाडौं। नेपालकै पहिलो अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट अर्डर गरेको सामान ‘आइएमई पे’ बाट भुक्तानी गर्दा २५% क्यास ब्याकको योजना शुरु गरेको छ । यसका लागी आइएमई ग्रुपले संचालन गरेको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र फूडमाण्डुवीच सम्झौता भएको छ ।

फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अब आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन्। फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरेको छ । उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरेका छन् ।

सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नु सक्नेछन् । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !