५ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो

प्रकाशित मिति :  17 March, 2021 2:55 pm


सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वको सरकार रहेको छ ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले भोलीदेखि लागु हुने गरि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई पनि फिर्ता बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !