३ आश्विन २०८१, बिहिबार

वाटर ड्रप एचडी प्लस डिस्प्ले भएको कुल प्याडको नयाँ फोन नेपाली बजारमा

प्रकाशित मिति :  17 March, 2021 4:54 pm


काठमाडौं । स्मार्टफाेन ब्राण्ड कूलप्याडले ‘कूलप्याड कूल १०’ स्मार्टफोनको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपालका लागि कूलप्याडको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले स्टाेरेज थपिएकाे नयाँ कुल १० संस्करण बजारमा ल्याएकाे हाे । नयाँ फाेनमा यसअघिकाे कूल १० मा भएको सबै विशेषता रहेकाे छ ।

नयाँ स्मार्टफोनमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज थप गरिएको छ । कूल १० को नयाँ संस्करणको बजार मूल्य १८ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ । फाेनमा करिव शुन्य बेजलका साथ, ६.५२ इन्चको वाटर ड्रप एचडी प्लस डिस्प्ले रहेको छ ।

फोनको पछाडि ट्रिपल क्यामरा सेटअप प्याक रहेको छ । जसमा १६ मेगापिक्सेलको अटोफोकस मुख्य क्यामराका साथै ०.३ मेगापिक्सेलको डेप्थ सेन्सर प्लस र ०.३ मेगापिक्सेलको म्याक्रो सेन्सर  छ । सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको छ ।

स्मार्टफोनमा हेलियो पि ६० चिपसेट राखिएको छ । अपरेटिङ सिस्टम एन्ड्रोइड १० रहेकाे छ ।

स्मार्टफोनमा ५ हजार एमएएच ब्याट्री, फोरजी सपोर्ट, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगरप्रिन्ट, फेस अनलक, ड्यूल सिम र टाइप सी पोर्ट लगायतका फिचरहरु रहेका छन् ।

यो फोनको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज पनि बजारमा छ । जसको मूल्य १६ हजार ५ सय ९५ रुपैयाँ तोकिएको छ ।

कूलप्याडका कूल ५, कूल एन सेभेन प्लस, कूल १० कूल एस कूल एक्स, कूल ६ लगायतका फोनहरु बजारमा पाइन्छन् ।



प्रतिक्रिया दिनुहोस !