३ आश्विन २०८१, बिहिबार

बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष राउत कारागार चलान

प्रकाशित मिति :  22 December, 2019 3:45 pm


बारा, ६ पुस । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउत कारागार चलान भएका छन् ।

१३ वर्ष पुरानो सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका राउतलाई प्रहरीले आइतबार पक्राउ गरी जिल्ला अदालत बारामा बुझाएको थियो ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले अदालतले सुनाएको २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वन गर्न राउतलाई कारागार पठाइएको जानकारी  दिनुभयो ।

२०६२ माघ २८ गते राउत सवार ना४ प ३७८५ नम्बरको मोटरसाइकलले छातापिप्रा-३ मा ठक्कर दिँदा घाइते भएकी ६५ वर्षीया हसियादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा २०६३ साल भदौ २९ मा जिल्ला अदालतले राउतलाई २९ दिन जेल र दुई हजार जरिवानाको सजाय सुनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !