६ आश्विन २०८१, आइतबार

नेपाल क्रेडिट एण्ड कमर्सले ३० लाख कित्ता ऋणपत्र जारी गर्दै

प्रकाशित मिति :  18 March, 2021 12:44 pm


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले चैत्र १३ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्काशन गर्न लागेको कुल ऋणपत्रमध्ये सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकलले उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्रमा लगानीकर्ताले चैत्र १३ शुक्रबारबाट छिटोमा चैत १८ गतेसम्म र ढिलोमा चैत्र २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !