५ आश्विन २०८१, शनिबार

सहमतिमै नयाँ प्रधानमन्त्री – दाहाल

प्रकाशित मिति :  18 March, 2021 1:18 pm


चैत ५ काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने बताउनु भएको छ । सिन्धुली पुुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ सरकार गठन छिट्टै हुने भन्दै दलहरुबीच छलफल जारी रहेकाले सहमतिमै प्रधानमन्त्री बन्ने बताउनु भएको हो ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको आलोपालो नेतृत्वको लागि आफ्नो दल र कांग्रेसबीच छलफल भइरहे पनि निष्कर्षमा नपुगेको बताउनु भयो । उहाँले केन्द्र सरकार फेरबदलको टुंगो नलागेसम्म प्रदेशमा पनि सरकार फेरबदल नहुने बताउनु भयो । ुकेन्द्रमा जबसम्म सरकार फेरबदलको टुंगो लाग्दैन, तबसम्म प्रदेशमा पनि सरकार फेरबदल भइहाल्छ जस्तो मलाई लाग्दैन, उहाँले भन्नु भयो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले भेट्नका लागि भन्दै टेलिफोन गरेको र आफूले दुईपटक फोन गर्दा पनि नउठाएको दाहालले बताउनुभयो । कम्युनिस्ट एकता भाँड्न एकथरि लागि रहेको बेलामा आफूले नै प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको व्यक्तिले नै दुर्घटना गराएको उहाँको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !