५ आश्विन २०८१, शनिबार

एमालेको बालुवाटार संसदीयको बैठकमा कोही गए, कोही गएनन

प्रकाशित मिति :  18 March, 2021 1:51 pm


काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसमूहका कोही सांसद गएको कोही नगएको ती दलका नेताहरूले जनाएक छन् ।

ओली पार्टीका नेता महेश बस्नेतले सार्वजनिक गरेको धारणा अनुसार नेपाल खनाल समूहका दर्जन बढी सांसद बालुवाटार बैठकमा सहभागी भएका छन् ।

सो बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो । यसैगरी बैठकले संसदीय दलको विधान संशोधन सम्बन्धी प्रस्ताव गर्न कार्यदल समेत गठन गरेको छ । विधान संशोधन समितिमा विशाल भट्टराई ,शेरबहादुर तामाङ र विमला राई रहेका छन् ।

बैठकले पार्टीमा गुटगत भेला गरे कारबाही गर्ने र आत्मालोचना गरी आए सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ । सांसदहरुले नियम उल्लंघन गरे संसदीय बोर्डले बैठक गरी कारबाही गर्ने प्रावधान राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !