५ आश्विन २०८१, शनिबार

ब्युँतियो वाईसीएल, जेठ २८–३० मा राष्ट्रिय भेला गर्ने 

प्रकाशित मिति :  18 March, 2021 4:22 pm


काठमाडौं ,चैत्र ४ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल)ले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।

बैठकले २०७७ चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखी जिल्लाका भेलाहरु सम्पन्न गर्ने, आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गरि जेठ २८,२९ र ३० गते काठमण्डौमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले माउ पार्टी ब्युँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले सम्मेलन गर्ने निर्णय गरेको  हो ।

भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले बताएका छन् ।

संगठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटी सम्मका भेलाहरू आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधिहरू प्रदेश भेलाबाट चुनिएर आउने सचिव ओलीले बताए ।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !