४ आश्विन २०८१, शुक्रबार

कोरोनाको एन्टीबडीसहित पहिलो शिशुको जन्म

प्रकाशित मिति :  18 March, 2021 5:14 pm


काठमाडौ । कोरोनाभाइरसको एन्टीबडीसहित विश्वकै पहिलो शिशु जन्मेकी छिन् । जन्मेकी शिशुको बारेमा जानकारी दिँदै चिकित्सकले शिशुमा कोरोनाविरूद्ध लड्न सक्ने एन्टीबडी जन्मिदै रहेको जनाए ।

गर्भावस्थामा रहेकी बेला शिशुकी आमालाई कोरोनाभाइरस खोपको पहिलो मात्रा दिइएको थियो । तर यो शिशुमा रहेको एन्टीबडीले कसरी काम गर्ने हो त्यो अध्ययनको विषय भएको जनाइएको छ ।

पीटीआईले जनाए अनुसार आमाको गर्भ ३६ हप्ताका बेला मोडर्ना कोभिड–१९को पहिलो खोप दिइएको थियो । खोप लिएको तीन साता पछि शिशुको जन्म भएको थियो । शिशु पूर्णरूपले स्वस्थ्य रहेकी छिन् । जन्मिए लगत्तै शिशुको रगत नमूना संकलन गरी परीक्षण गरिएको र त्यसमा एन्टीबडी पाइएको जनाइएको हो ।

अमेरिकाको फ्लोरिडास्थित अटलान्टिक युनिभर्सिटीको अनुसन्धान समूहमा सामेल दुई बालबालिका विशेषज्ञ डाक्टर पल गिलबर्ट र चाड रुडनिकले एन्टीबडीसहित यो पहिलो शिशुको रूपमा दर्ता हुन पुगेको हो । शिशुलाई आमाले स्तनपान गराइरहेकी छिन् ।

आमालाई २८ दिन पछि खोपको दोस्रो मात्रा दिइएको थियो । यस विषयमा थप अनुसन्धानहरू हुन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !