६ आश्विन २०८१, आइतबार

युनाईटेड फाईनान्सको २४ औं शाखा धनगढीमा

प्रकाशित मिति :  18 March, 2021 5:50 pm


कैलाली । युनाईटेड फाईनान्स लिमिटेडले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

फाईनान्सले बिहीबार देखि कैलाली जिल्ला धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो । बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष  पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।

धनगढीमा नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !