६ आश्विन २०८१, आइतबार

इसेवा र पश्चिमाञ्चल होटल संघबीच डिजिटल पार्टनरसीप सम्झौता

प्रकाशित मिति :  18 March, 2021 5:59 pm


काठमाडौं । डिजिटल भुत्तानी सेवा प्रदायक संस्था इसेवा र पश्चिमाञ्चल होटलसंघ पोखराबीच क्युआर भुक्तानी तथा डिजिटल साझेदारका लागि सम्झौता भएको छ ।

बुधबार पोखरामा  कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरी प्रसाद भट्टराईले गरेका हुन् । इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने र पश्चिमाञ्चल होटल एशोसिएसनका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरे ।

कार्यक्रममा भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पुर्याइनुपर्ने र यसका लागि राष्ट्र बैंकले प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने भन्दै उनले टेलिकम कम्पनीहरूसँग छलफल भइरहेको जानकारी समेत दिए।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखेका थिए ।

इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले संघले संचालन गरेको ‘जाउँ है पोखरा’ अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल शहरका रूपमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट पूर्ण सहयोग रहने बताए ।

 



प्रतिक्रिया दिनुहोस !