५ आश्विन २०८१, शनिबार

अदालत र निर्वाचन आयोगलाई संविधान अनुसार चल्न आग्रह गर्दै नेपाल पक्षकाे भेला सम्पन्न

प्रकाशित मिति :  18 March, 2021 6:46 pm


काठमाडौ । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले अदालत र निर्वाचन आयोगलाई संविधान र कानुन अनुसार चल्न आग्रह गर्दै दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाबाट समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गरी सम्पन्न गरेको छ ।

भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा पारित प्रस्तावहरू पढेर सुनाइएयो ।

भेलाले पार्टी एकताको पक्षमा सबै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भएका कथित सबै निर्णय खारेज गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने पुष्टि भएको बताए ।

अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताउँदै भट्टराईले नवौं महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरूलाई भेलाले स्वीकार नगरेको बताए ।

अदालत र निर्वाचन आयोगलाई समेत संविधान र कानुनअनुसार चल्न भेलाले आग्रह गरेको छ । राष्ट्रिय स्वाधिनता र लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाहरूसँग सहकार्य गरी अघि बढ्न भेलाको निष्कर्ष हो । केपी ओलीले गरेको गुटबन्दीको विरुद्ध लड्न एमालेका नेता कार्यकर्ताहरूलाई भेलाले आग्रह पनि गरेको छ ।

यसैगरी ओली पक्षबाट पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने गरिएको विषयमा ध्यानाकर्षण गरी भेलाले त्यसको भत्र्सना गरेको छ ।
भेलामा ४ हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भएको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !