५ आश्विन २०८१, शनिबार

डा. बाबुराम भट्टराईद्वारा नयाँ समाजवादी ध्रुवीकरणको प्रस्ताव

प्रकाशित मिति :  19 March, 2021 11:02 am


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादी ध्रुवीकरणको प्रस्ताव गरेका छन् ।

समाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै नेकपाभित्रको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको अधार बन्न सक्ने उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टीभित्र सत्ता सहकार्यलाई लिएर अन्तरविरोध सिर्जना भइरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराईको यस्तो प्रस्ताव आएको हो ।

उनले भनेका छन्,“पुरानोको ध्वंस विना नयकका निर्माण हुन्न–मार्क्सेली दर्शनले भन्छ ! नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयकका आधार बन्नसक्छ । अतःफुटेका हककाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडीका टुक्राहरूको डम्फु बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि ?”



प्रतिक्रिया दिनुहोस !