५ आश्विन २०८१, शनिबार

महान्यायधीवक्ता अग्निप्रसाद खरेलद्वारा राजीनामा, चुनावी तयारीमा लाग्ने

प्रकाशित मिति :  19 March, 2021 12:18 pm


काठमाडौं । महान्यायधीवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिएका छन् । खरेलले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा राजीनामाको जानकारी दिने तयारी गरेका छन् ।

बालुवाटार स्रोतले खरेलले राजनीनामा दिएको पुष्टि गरेको छ । खरेलले आजैदेखि लागु हुनेगरि राजीनामा दिएका हुन् । खरेलले आउँदो चुनावको तयारीका लागि भन्दै राजीनामा दिएका हुन् । बालुवाटार स्रोतले भन्यो,“अब चुनावको तयारी गर्ने पनि होला अब पार्टीको काम गर्छु भन्नुभएको छ, औपचारिक धारणा पत्रकार सम्मेलनबाटै आउला ।”

पूर्वकानूनमन्त्री समेत रहेका खरेल केपी शर्मा ओली प्रधानमन्त्री भएपछि महान्यायधीवक्ता नियुक्त भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !