६ आश्विन २०८१, आइतबार

दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड चेक बाउन्स मुद्दामा पक्राउ

प्रकाशित मिति :  19 March, 2021 12:53 pm


काठमाडौं । दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन् ।

बैंकिङ कसुरमा दुगडलाई महानगरीय प्रहरी बृत्त कालिमाटीले पक्राउ गरेको हो । कालिमाटी बृत्तले पक्राउ गरेर दुगडलाई कमलपोखरी बृत्तलाई बुझाएको छ ।

बैंकिङ कसुरमा मुद्दामा पक्राउ पूर्जी जारी भएपछि दुगडलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त मालिगाउँलाई बुझाइएको कालिमाटी वृत्तले जनाएको छ ।

दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरमा उजुरी परेको थियो । दुगड फागुन २६ गते फागुनमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेको इजलासले दुगड र सरिता प्रधान बिरूद्व पक्राउ पूर्जी जारी गरेको थियो । दुगड कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत हुन् । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।

उनी पाँच लाख ३७ हजार बिगो बराबरको कसुरमा मोस्ट वान्टेड थिए ।



प्रतिक्रिया दिनुहोस !