३ आश्विन २०८१, बिहिबार

कम्प्युटर चिपको अभाव हुने सामसंगको चेतावनी

प्रकाशित मिति :  19 March, 2021 1:56 pm


काठमाडौ । कम्प्युटरको चिप बनाउने कम्पनीहरुमा सबै भन्दा ठूलो कम्पनी सामसंगले कम्प्युटर चिपको अभाव हुने चेतावनी दिएको छ।

विश्वको सेमिकन्डक्टर उद्योगमा गम्भीर असन्तुलन हुने सामसंगले जनाएको बीबीसीले समाचार छापेको छ ।

यसको अभाव हुने कम्पनीले जनाएको छ ।

कम्पनीको लाइनअपमा रहेको आगामी स्मार्टफोन ग्ल्याक्सी नोटलाई बजारमा ल्याउने निर्धारित समय फेर्नुपर्ने हुन सक्ने कम्पनीले जनाएको छ ।
कोरोनाभाइरस महामारीको स्थितिमा सुधार सुस्तरी सुस्तरी भइरहेको अवस्थामा बजारमा अभाव हुने चिन्ता बढाएको छ ।

युरोपियन युनियन, अमेरिक र चीनका सरकारहरुले उत्पादन बलियो पार्न खोजिरहेका छन् ।

सामसंगका प्रमुख कार्यकारी तथा मोबाइल प्रमुख कोह दोंग जिनले शेयरहोल्डरको मिटिंगमा विश्वको प्रविधि क्षेत्रमा चिपको आपूर्ति र मागबीच गम्भीर असन्तुलन भएको बताए ।

सामसंगले माग पूरा गर्न समुद्रपारीका साझेदारहरुसँग मिलेर कााम गरिरहेको छ ।

सेमिकन्डक्टरको अभाव गत वर्ष देखिएको थियो । कमजोर बिक्रीको समस्याको मारमा रहेको कार उत्पादकहरुले कम्प्युटर चिप बनाउन चिनियाँ कारखानाहरुबाट आउने अर्डर कटौती गर्ने गरेका छन् । कारखानाहरुबाट हुने चिपको आपूर्ति अन्य क्षेत्रमा पठाइएकोमा माग उच्च हुन गयो ।

फक्सवागन, होन्डा, टयोटा र जेनरल मोटर्सका माग घटेर अर्डर खारेज भयो ।



प्रतिक्रिया दिनुहोस !