५ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभामा आयोगको वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति :  19 March, 2021 2:49 pm


प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !