४ आश्विन २०८१, शुक्रबार

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प

प्रकाशित मिति :  19 March, 2021 2:54 pm


बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो ।

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस !