४ आश्विन २०८१, शुक्रबार

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष र चीनको विकास

प्रकाशित मिति :  19 March, 2021 3:05 pm


काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष स्थापनाको सय वर्ष मनाउन लागेको छ । चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि चीनको विकासले विश्वलाई चकित पारेको छ ।चिनियाँहरूले बाह्यहस्तक्षेपसँग जुध्दै गरिबी निवारण गरी अगाडि बढ्न थालेका छन् ।

सन् १९५४मा चीनले हवाई जहाज बनाउन त के कार वा ट्रयाक्टर बनाउन सकेको थिएन । सन् १९६४मा पहिलो अणुबम बिस्फोटन ग¥यो ।

सन् १९७०माा चीनले पहिलो मानवनिर्मित भूउपग्रह प्रक्षेपण ग¥यो । सन् २०१०मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्यो । अहिले चीन विश्वको सबै भन्दा बढी वस्तुको व्यापार गर्ने देश बनेको छ ।

कोभिड–१९को वैश्विक महामारीबीच सन् २०२०मा चीनले सार्वजनिक स्वास्थ्य संकटसँग जुध्न सफलता प्राप्त गर्ने पहिलो देश बन्यो । महामारी विरोधी वस्तुको आपूर्तिकर्ताहरू मध्ये चीन सबै भन्दा ठूलो देश बन्यो । कोरोनाभाइरस खोपको विकास र उत्पादनको क्षेत्रमा पनि चीन अग्रपंक्तिमा रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अगुवाइमा सन् १९४९मा चीन जनवादी गणतन्त्र भयो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश कठिनबाटो हिँडेर विश्वलाई छक्क पार्ने गरी विकास गरेको छ । सय वर्ष अघि चीनको कम्युनिस्ट पार्टी स्थापना हुँदा चीनमा तीन सय राजनीतिक दलहरू थिए ।अधिकांश राजनीतिक दलहरू इतिहासमा हराए ।चीनलाई मुक्ति दिलाउन र समृद्ध तथा शक्तिशाली बनाउने वाचा पूरा नगरेको भए यो पार्टी पनि अरू राजनीतिक दलहरूजस्तै इतिहासमा हराउने थियो ।

चीनलाई जनवादी गणतन्त्र बनाउन अभियानमा धेरै गैर कम्युनिस्टहरूले जीवन उत्सर्ग गरेका थिए । चीनका उद्योगहरू र राष्ट्रिय सुरक्षा प्रणालीकाो आधारभूत खाकाा निर्माण गर्न धेरै चिनियाँहरूले कष्टकर जीवन बिताउनु परेकाो थियो । परिणामस्वरूप यो अवधिमा चीनले धेरै विकास गरेको छ ।

सय वर्षको यो अवधिमा चीनप्रति पश्चिमाहरूले निरन्तर आफ्नो धारणामा परिर्वतन गर्दै आएका छन् । हेप्ने अवधारणामा परिवर्तन ल्याउँदै पश्चिमाहरूले सहयोग र प्रतिस्पर्धाको अवधारणा लिएका छन् । अझै पनि उनीहरूको टिप्पणीमा यस्तो संकेत देखिने गरिएको छ ।

अमेरिकाले चीनलाई एक्ल्याएर वैश्विक शक्तिहरूको परम्परागत समूहको विस्तार गर्ने योजना बनाएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आग्रह गर्दा पुटिनले चीनलाई अलग राखी कुनै समूहको अर्थ नहुने बताएका थिए ।
पुटिनको बुझाइ आगमी समयको यथार्थ बुझाइ नजिक रहेकोमा अन्यथा भन्ने ठाउँ रहेको देखिदैन ।



प्रतिक्रिया दिनुहोस !