५ आश्विन २०८१, शनिबार

महान्यायाधिवक्तामा बडाललाई सिफारिश

प्रकाशित मिति :  19 March, 2021 3:30 pm


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका लागि अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

निर्वतमान महान्यायाधिवक्ता अग्नि खरेलले पदबााट राजीनामा दिएका बेला चर्चामा रहेका बडालको नियुक्तिका लागि सिफारिश हुने चर्चा अनुसार नै सिफारिश गरिएको स्रोतले जनाएकाो छ ।

नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका बडालले प्रतिनिधसभा विघटनको पक्षमा प्रधानमन्त्री ओलीको पक्षमा बहस गरेका थिए ।

निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका बडाललाई राजीनामा पछिको खाली स्थानमा बडाललाई जिम्मेवारी दिन सिफारिश गरिएको हो ।

बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् । उनी श्रम कानूनका विज्ञ मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस !