५ आश्विन २०८१, शनिबार

संवैधानिक पदाधिकारी नियुक्ति पुनर्विचार गर्नुपर्ने माग संसदमा उठयो

प्रकाशित मिति :  19 March, 2021 5:14 pm


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले नियुक्त गरेका संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिलाई पुनर्विचार गर्नुपर्ने माग संसदमा उठाइएको छ ।

शुक्रवार प्रतिनिधि सभामा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले यस्तो बताइन ।

सरकारले संसद् नभएको बेला असंवैधानिक तरिकाले अध्यादेश ल्याइ संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरिएकोले त्यस विषयमा पुनर्विचार गर्नुपर्ने भुसालले बताइन् ।

संसदीय सुनुवाइ छलेर प्राविधिक रूपमा तिथि–मिति मिलाएर नियुक्ति गरिएको थियो ।

संवैधानिक नियुक्तिलाई संविधानसम्मत बनाउनै पर्ने बताउँदै उनले “पार्टीको स्थायी कमिटीमा लेखेको मसी नसुक्दै झुट तरिकाले त्यही अध्यादेशअनुसार संवैधानिक परिषदमा असंवैधानिक तरिकाले नियुक्त गरेको कुरा पनि बाहिर आयो र अहिले पनि संवैधानिक निकायमा असंवैधानिक तरिकाले नियुक्त गरेका मान्छे पठाइएको छ । हामी एउटा ढङ्गले त्यसको पुनर्विचार गर्नै पर्छ । हामीले त्यसलाई संविधानसम्मत बनाउनै पर्छ । संसद्को सुनुवाइ गर्ने परम्परालाई छलेर केवल टेक्निकल तिथि–मिति गरेर, ढाँटेर जुन ढङ्गले गरिएको छ । त्यो पनि म यहाँ स्मरण गराउन चाहन्छु ।”

सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने पनि बताइन् ।



प्रतिक्रिया दिनुहोस !