६ आश्विन २०८१, आइतबार

पोस्टर टाँस्न ललितपुरमा निषेध

प्रकाशित मिति :  19 March, 2021 5:38 pm


काठमाडौ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र सफा बनाउने अभियान अन्तर्गत घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बालगायतका ठाउँमा पोस्टर पम्पलेट टाँस्न नपाउने गरी निषेध अभियान सञ्चालन गरेको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आफै खम्बामा टाँसिएका पोष्टर उप्काएर शुक्रबार सो अभियानको उद्घाटन गरेका हुन् ।साथै महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउने अभियान आइतबारबाट सुरू गर्ने जानकारी प्रमुख महर्जनले घोषणा गरेका हुन् ।

शहरलाई फरक देखाउन, हरियाली प्रवद्र्धन गर्न र पोलमा जथाभावी पोस्टर टाँस्न आउनेलाई रोक्न यो अभियान थालेको उनले बताए ।

महानगरको यो निर्णयलाई अवज्ञा गरे कडा कारबाही गरिने उनले चेतावनी पनि सार्वजनिक गरेका छन् ।

हरियोमा सेतो रङ हुँदा सडकमा सवारी चलाउन समेत सजिलो हुने अपेक्षा महानगरले गरेको छ ।

महानगरले तत्काल यो काम बाग्मती पुलबाट जवालाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल , पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्नेछ।

नगरप्रमुख महर्जनले पहिलो चरणमा यी रूटमा काम सके लगत्तै सबैतिर यो काम थाल्ने योजना खुलाए ।



प्रतिक्रिया दिनुहोस !