६ आश्विन २०८१, आइतबार

पाकिस्तानमा अचानक रेमिट्यान्स कसरी बढिरहेको छ ?

प्रकाशित मिति :  20 March, 2021 1:34 pm


काठमाडौं । जापानमा व्यवसाय गर्दै आएका मिलक अल्लाह यार खानले साथीभाईसँग वा हुण्डीका माध्यमबाट पाकिस्तानमा रहेका आफ्ना परिवारलाई रकम पठाउथे ।

अहिले भने उनले हुण्डीका माध्यमबाट रकम पठाउन छोडेका छन् । अहिले पाकिस्तानमा रहेका आफ्नो परिवारका लागि बैंकिङ माध्यमबाट रकम पठाउने  गर्छन् ।

जापानमा रहेको बिजनेश फर्म फाइनान्स इन्टरनेसनलका एमडी मलिक अल्लाह यारका अनुसार बैंकले दिने सेवासुविधाका कारण अब उनका लागि पाकिस्तानमा रकम पठाउन सजिलो भएको छ । उनले आफूले पाएको जानकारी अनुसार साथीभाई तथा हुण्डीको माध्यमबाट पाकिस्तानमा रकम पठाउने काम पुरै बन्द त भएको छैन तर अब ठूलो संख्यामा जापानमा रहेका पाकिस्तानीले वैधानिक रुपमै परिवारका लागि पैसा पठाउन थालेका छन् ।

नर्वेको राजधानी ओस्लोमा किराना पसलमा काम गर्ने कम्वल आजीम पहले हवाले तथा हुण्डीमार्फत पाकिस्तान पैसा पठाउँथे । उनले भने कि नर्वेमा रहने व्यक्तिले साथीभाइ तथा हुण्डीको माध्यामबाट रकम पठाउने काम गर्छन् । अब भने यस माध्यमबाट पाकिस्तानमा पैसा पठाउने काम काम भएको छ ।

उनका अनुसार आफू स्यमंपनि हुण्डीको माध्यमबाट पाकिस्तानमा परिवारलाई रकम पठाउथे तर अब भने उनले बैंकिङ च्यानलको माध्यमबाट रकम पठाउन सुरु गरेका छन् ।

क्यालिफोर्नियामा काम गर्ने आजम शकीलले भने कि ९९ प्रतिशत व्यक्ति पाकिस्तानी वैधानिक माध्यमबाट पाकिस्तानमा पैसा पठाइरहेका छन् र अब १ प्रतिशत व्यक्ति मात्रै हुण्डीको प्रयोग गरिरहेका छन् । उनको भनाइ छ कि यसबारे अमेरिकी कानून पाकिस्तानको तुलनामा धेरै कठोर छ अर्थात जो अवैध तरिकाले पैसा पठाउनेलाई निरुत्साहित गर्छ ।

जपानमा रहेन अल्लाह यार खान, नर्वेमा रहने वाली कंवल आजीम र अमेरिकामा काम गर्ने आजम शकीलद्वारा पाकिस्तानमा रहने आफ्नो परिवारलाई जुन रकम पठाउँछन् त्यसलाई रेमिट्यान्स(विदेशमा कमाएर पठाएको रकम) भनिन्छ ।

यो रकमले पाकिस्तानको चालू खातामा ठूलो भूमिका निर्वाह गर्ने गरेको छ ।

पाकिस्तानमा विदेशबाट आउने यो रकम पछिल्लो केही महिनादेखि लगातार बढीरहेको देखिएको छ । यस आर्थिक वर्षको पहिलो ८ महिनामा लगातार हर महिना दुई अर्ब डलर वा यो भन्दा बढी रकम पाकिस्तान भित्रने गरेको छ ।

दोस्रो तर्फ, कराजीमा रहने एक महिला हुमा मुजीब आफै विदेशबाट रकम प्राप्त गर्ने गरेकी छन् । हुमाका श्रीमान जर्मनीमा काम गर्छन् र केही समय पहिले पाकिस्तानबाट जर्मनी गएका थिए ।

हुमा मुजीबका अनुसार उनका श्रीमानले पठाएको रकम बैंकको माध्यमबाट आउँछ र बैंकबाट पठाउने र प्राप्त गर्ने सबै प्रकृया सन्तोषजनक छ । उनलाई बैंकमा कुनै समस्या हुँदैन ।

उनलाई सोधियो कि के उनका श्रीमानले पठाएको रकम कहिल्यै हुण्डीको माध्यमबाट आयोग वा कसैले यस माध्यमबाट रकम प्राप्त गर्नका लागि सुझाव दियो ? उनको जवाफ थियो कि उनलाई अहिलेसम्म हुण्डीको माध्यमबाट प्राप्त गर्न कुनै सुझाव आएको छैन ।

पाकिस्तानमा मुद्रा विनिमय व्यापार तथा आर्थिक मामिला विश्लेषकहरूका अनुसार पाकिस्तानमा हुण्डीका कारण विदेशबाट पठाइने रकम कम र बैंकिङ च्यानलमार्फत आउने रकम वृद्धि हुनुका कारण रेमिट्यान्स लगातार बढीरहेको छ । आर्थिक मामिला सम्बन्धि जानकारका अनुसार सरकारी नियमा गरिएको कडाइले पाकिस्तानमा रेमिट्यान्स औपचारिक च्यानलमा आउन सुरु गरेको छ । फाइनान्सियल टास्क फोर्स(एफएटीएफ) को सर्त पुरा गर्न पाकिस्तान लागिरहेको छ जसबाट ‘ग्रे लिष्ट’बाट हट्न सकियोस ।

पाकिस्तान आउने रेमिट्यान्समा कति बढोत्तरी ?

विदेशमा रहने पाकिस्तानीको तर्फबाट पाकिस्तानमा पठाइने रकम यस वर्षको सुरुवातदेखि नै बढेको देखिएको छ ।

आरिफ हबीब लिमिटेडका आर्थिक मामिलाका विश्लेषक साना तौफीकले भनेका छन् कि रेमिट्यान्सको वृद्धि चालू आर्थिक वर्ष सुरु हुनुभन्दा पहिले नै बढ्न सुरु गरेको थियो तर गत आर्थिक वर्षको अन्तिम महिनामा पनि पाकिस्तानमा दुइ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो ।

स्टेट बैंक अफ पाकिस्तानको आँकडा अनुसार २०२१ को फरवरीमा लगातार नवौं महिनासम्म २ अर्बभन्दा बढी डलरको रेमिट्यान्स भित्रिएको छ । बीबीसी हिन्दीबाट



प्रतिक्रिया दिनुहोस !