६ आश्विन २०८१, आइतबार

४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना रिहा

प्रकाशित मिति :  20 March, 2021 3:45 pm


काठमाडौं । ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) रिहा भएका छन् ।

भारत पश्चिम बंगालस्थित दमदम करेक्सनल सेन्टरमा रहेका तिम्सिना कोलकाता उच्च अदालतको आदेश अनुसार छुटेका हुन् ।
दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए ।

अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र हिजो अपरान्ह अदालतले जेल पठाएको   थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छोडेको हो ।

कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।

तिम्सिना सन् १९८० मा दार्जिलिङमा पक्राउ परेका थिए ।

हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको अभियोग प्रमाणित हुने कुनै सबुत भेटिएको थिएन ।



प्रतिक्रिया दिनुहोस !