५ आश्विन २०८१, शनिबार

वरिष्ठ नेता माधव नेपालसहित ५ नेतालाई स्पष्टिकरण सोध्ने नेकपा एमालेको निर्णय

प्रकाशित मिति :  20 March, 2021 5:37 pm


काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ।

आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित भिम रावल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । उनीहरुले पार्टी हितविरुद्ध काम गरेको आरोप लगाइएको छ ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई दिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !