६ आश्विन २०८१, आइतबार

समिट लघुवित्तले एफपीओ जारी गर्न साधारणसभा बोलायो

प्रकाशित मिति :  21 March, 2021 12:26 pm


काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्न १२ औं वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले यहि चैत्र २९ गते वार्षिक साधारण सभा बोलाएको हो ।

संस्थाको चैत्र ६ गते बसेको संचालक समितिको बैठकले आगामी साधारण सभा चैत्र २९ गते तनहुँको आँबुखैरनी स्थित आँबुखैरेनी रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा बिहान १० बजे बोलाएको छ ।

सभाले सजिलो लघुवित्त र समीट लघुवित्त आपसमा गाभिएपछि संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारणतर्फको ६ लाख कित्ता साधारण सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) का माध्यमबाट जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सोही सभाले अन्य लघुवित्त संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण क्रियाकलाप गर्ने अख्तियार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभा प्रयोजनका लागि संस्थाले यही चैत १७ गतेदेखि सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !