८ मंसिर २०८१, शनिबार

आजदेखि विधिवत रुपमा हाेली शुरु, वसन्तपुरमा चीर ठड्याइयो

प्रकाशित मिति :  21 March, 2021 12:41 pm


काठमाडाैं । रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरुवात भएकाे छ ।

आज काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याए पछि विधिवत रुपमा होलीको सुरुवात भएको हो।

करिब ३० फिट अग्लो चीरलाई धालासिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन रहेकाे छ । रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागु पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु वा होली पर्व सकिने मान्यता रहि आएकाे छ ।

फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व पहाडी जिल्लामा चैत १५ गते र तराईका जिल्लामा चैत १६ गते मनाइँदैछ।

 



प्रतिक्रिया दिनुहोस !