६ आश्विन २०८१, आइतबार

रोल्पामा चट्याङ लागेर ८ जना घाइते

प्रकाशित मिति :  21 March, 2021 2:39 pm


रोल्पा । रोल्पामा चट्याङ लागेर ८ जना घाइते भएका छन् ।

हिजो साँझ परेको चट्याङले सुनछहरी गाउँपालिका वडा नम्बर ७ जेलबाङको खिबाङ गाउँका घाइते भएका हुन् ।

घाइते मध्य १८ वर्षीय जुना बुढामगरलाई हिजो साझ नै प्राथमिक स्वास्थ्य चौकी सुलिचौर पुराएर उपचार गरेपछि आज डिस्चार्ज गरिएको स्टार युवा क्लब जेलबाङका पूर्वअध्यक्ष लालबहादुर पुनले जानकारी दिए । बाँकी ७ जना सामान्य घाइते छन् ।

चट्याङले गाउँलेको ४ वटा सोलारमा क्षति पराउनुका साथै मिटर बक्स समेत जलाएको छर ३ वटा लाइन कन्ट्रोल समेत जलाएको पूर्व अध्यक्ष पुनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !