६ आश्विन २०८१, आइतबार

फेरि कोरोना फैलन सक्ने भन्दै सरकारको चेतावनी,सभा जुलुस नगर्न आग्रह

प्रकाशित मिति :  21 March, 2021 5:41 pm


काठमाडौं ।सरकारले छिमेकी देशहरूमा कोभिड-१९ को संक्रमण बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभर सभा, जुलुस, र्याली, भेला लगायत भीडभाड हुने काम नगर्न सचेत गराएको छ ।

प्रा.डा. जागेश्वर गौतमले आज विज्ञप्ति जारी गरेको विज्ञप्तिमा सामाजिक/भौतिक दुरी,मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग गर्न भनेको छ ।

मन्त्रालयले कोभिड-१९ को रोकथाम तथा संक्रमणका लागि सहयोग गर्न आग्रह गरेको छ । भारतका केही प्रान्तमा कोरोना संक्रमण फेरि बढेपछि मन्त्रालयले चेतावनी जारी गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !