५ आश्विन २०८१, शनिबार

नेकपा एमालेले वरिष्ठ नेता नेपालसहित ४ नेतालाई स्पष्टीकरणका लागि पत्र काट्यो

प्रकाशित मिति :  22 March, 2021 12:30 pm


काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ।

एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण बुझाउन भन्दै पत्र काटेका हुन् ।

केन्द्रीय पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरणका लागि काटिएको पत्र पुराएका छन् । हिजो बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित ४ जना नतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !