६ आश्विन २०८१, आइतबार

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा राम बहादुर मानन्धर चयन

प्रकाशित मिति :  22 March, 2021 1:29 pm


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् ।

१६९ औं सञ्चालक समितिको बैठकले राम बहादुर मानन्धरलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । मानन्धरले एक कार्यक्रमकाबीच डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाबाट अध्यक्ष पदका लागि सपथ ग्रहण गरेका छन् ।

तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भएपछि मानन्धरल क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।



प्रतिक्रिया दिनुहोस !