६ आश्विन २०८१, आइतबार

अरुण भ्यालीको हकप्रद मूल्य समायोजन

प्रकाशित मिति :  22 March, 2021 2:02 pm


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले आइतबार भएको अन्तिम कारोबारको मूल्य ३ सय १३ रुपैयाँको आधारमा कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता २ सय ४२ रुपैयाँ कायम हुने गरी समायोजन गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि आज एक दिनका लागि बुक क्लोज गरेको छ । कम्पनीले १ बराबर ०.५ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्कासन गर्न असोज २१ गते बुधबार सेबोनमा निवेदन पेश गरेकोमा बोर्डबाट फागुन २५ गते, मंगलबार अनुमति पाएको छ ।

हिजो चैत्र ८ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !