३१ भाद्र २०८१, सोमबार

धमाधम पुनर्स्थापना हुँदै जिल्ला कृषि तथा पशुपंक्षी कार्यालय

प्रकाशित मिति :  22 March, 2021 2:22 pm


काठमाडौं ।

संघीयता कार्यान्वयसँगै खारेज भएका जिल्ला कृषि तथा पशुपंक्षी विकास कार्यालय धमाधम पुनर्स्थापना हुन थालेका छन् ।

प्रदेश सरकारको पहलमा जिल्लाभर समन्वयको सहजताको लागि जिल्ला कार्यालयहरु स्थापित हुन थालेका हुन् ।

जिल्ला कार्यालयहरु खारेज हुँदा समन्वय अभावले कृषि विकास प्रभावित भएको भन्दै आलोचना हुँदै आएको थियो । समन्वयकारी निकाय नहुँदा कृषिका तथ्यांक संकलन र स्रोत परिचालनमा समेत समस्या देखिएको थियो ।

“करिव करिव सबैजसो जिल्लामा कृषि तथा पशुपंक्षीका जिल्ला कार्यालयहरु स्थापित भइसक्ने अवस्थामा पुगेका छन्,” कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख हरि बहादुर केसीले भने ।

हाल कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सबै जिल्लामा स्थापित गरिसकेको र अन्य प्रदेशमा पनि स्थापनाको प्रक्रियामा रहेको उनले बताए

खाद्यका लागि कृषि अभियानका संयोजक तथा कृषि अभियन्ता उद्धव अधिकारीले जिल्ला कार्यालयहरु आवश्यक रहेकाले पुनः स्थापित हुनु सकारात्मक रहेको बताए । उनले पालिका स्तरमा रहेका कृषि शाखाहरुलाई थप बलियो बनाउन सकिएमा कृषि सेवाको पहुँचमा सुधार हुने बताए ।

राज्यको पुनर्संरचना हुने क्रममा जिल्ला कार्यालयहरु खारेज भएका थिए । स्वास्थ्य कार्यालयहरु भने पुनर्रस्थापित भइसकेका छन् । कोरोना नियन्त्रणमा जिल्ला स्वास्थ्य कार्यालयहरुको भूमिकालाई प्रशंसा गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !