५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता

प्रकाशित मिति :  22 March, 2021 3:42 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा विप्लवले आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाइमा भएको ढिलाइबारे जिज्ञासा राखेका थिए ।

भेटमा महासचिव विप्लवले जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गर्न आग्रह गरेका नेता उदयबहादुर चलाउनेले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच फागुन २० गते प्रतिबन्ध हटाउने नेता कार्यकर्ता रिहा गर्नेलगायतका विषयमा सहमति भएको थियो ।

सहमतिपछि फागुन २१ गते विप्लव सार्वजनिक भएर र काठमाडौंमा प्रधानमन्त्रीसँग संयुक्त सम्बोधन गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफू लागिरहेको जानकारी गराएको नेता चलाउनेले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !