६ आश्विन २०८१, आइतबार

युनाइटेड फाइनान्स लिमिटेडका २५औं र २६औैं शाखा रुपन्देहीको मणिग्राम र पाल्पाको तानसेनमा

प्रकाशित मिति :  22 March, 2021 5:30 pm


काठमाडौं । युनाइटेड फाईनान्स लिमिटेडले २५औं र २६औं शाखा रुपन्देहीको मणिग्राम र पाल्पाको तानसेनमा सञ्चालनमा ल्याएको छ ।

भारतको मुथुट फाईनान्सको लगानी समेत रहेको युनाइटेड फाइनान्सको मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक प्रभा पाण्डेले तथा पाल्पा शाखाको उद्घाटन तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही र युनाइटेड फाईनान्स लिमिटेडका सञ्चालक मनिष कुमार खेमकाले संयूक्त उद्घाटन गरे ।

दुबै शाखाले आजदेखि नै विधिवत रुपमा बैंकिङ्घ कारोवार सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !