६ आश्विन २०८१, आइतबार

इक्यानका सदस्यहरूलाई ज्योति विकास बैंकले विना धितो ऋण उपलब्ध गराउने समझदारी

प्रकाशित मिति :  22 March, 2021 5:44 pm


काठमाडौं । ज्योति विकास बैंक र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्न सम्झौता भएको छ ।

इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरूलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा व्यवसायिक ऋण उपलब्ध गराउन दुई पक्षबीच सम्झौता भएको हो । नेपाल शैक्षिक परामर्श संघ नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो ।

सम्झौतमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल शैक्षिक परामर्श संघका तर्फबाट इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले इक्यानमा आबद्ध व्यवसायी र इक्यान सदस्यहरूलाई विशेष छुटमा व्यवसायिक र १५ लाख रुपैयाँसम्म बिना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।

यो सम्झौताले नेपाल शैक्षिक परामर्श संघ(इक्यान)मा आबद्ध व्यवसायी र इक्यान सदस्यहरूलाई ज्योति विकास बैंकको कर्जा सेवाले थप सहजता प्रदान गर्ने अध्यक्ष पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !