२९ कार्तिक २०८१, बिहिबार

वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पुरा गर्न महासंघद्वारा स्टार्टअप एण्ड इन्नोभेसन समिति गठन

प्रकाशित मिति :  22 March, 2021 6:53 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य पुरा गर्ने उद्देश्यले स्टार्ट अप एण्ड इन्नोभेसन समिति गठन गरेको छ ।

उद्यम गरिरहेका ५० ओटा स्टार्टअप उद्योग व्यवसायहरूको व्यवसायिक सफलताको लागि समिति गठन गरेको हो ।

देश भित्र उद्यमशिलता विकास, रोजगारी सिर्जना गर्नको लागि महासंघले पहिलो चोटी समिति गठन गरेको हो । कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठन भएको समितिमा स्टार्टअप एण्ड इन्नोभेसन क्षेत्रमा स्थापित यूवा उद्यमीहरू रहेका छन् ।

नयाँ उद्यमीहरुलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने, स्टार्टअप उद्योग व्यवसायको बारेमा अध्ययन गर्ने नयाँ सोच भएका नव उद्यमीहरूको पहिचान गरि अगाडि बढ्न आवश्यक पुँजी लगानी जुटाएर सहयोग गर्ने काम गर्ने छ ।

यस मार्फत नयाँ सोच सहित उद्यम गरिरहेका ५० ओटा स्टार्टअप उद्योग व्यवसायहरूको व्यवसायिक सफलताको लागि समिति अन्र्तगत इन्भेष्टर फोरम मार्फत भएको ५० लगानीकर्तासँग सक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागी सहयोग गर्ने छ ।

चैतको तेस्रो साताबाट कृषि, उत्पादनमूलक, सुचना प्रविधि र सेवा क्षेत्रका उद्यमी व्यवसायिहरूले आवेदन दिन सक्ने छन् । आवेदन दिनकोलागी उद्योग व्यवसाय गरेको एक वर्ष वा त्यसभन्दा बढी भएको हुनुपर्ने समितिका सभापति आचार्यले जानकारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !