अमेरिकाकाे काेलाेराडाेमा अन्धाधुन्धा गाेली चल्दा एक प्रहरी सहित १० जनाकाे मृत्यु
प्रकाशित मिति : 23 March, 2021 11:07 am

काठमाडाैं ।अमेरिकाको कोलोराडो राज्यमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जना प्रहरी सहित १० जनाको मृत्यु भएको छ ।
कोलोराडो राज्यको बोल्डर काउन्टीको एउटा ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्दा गोली चलाएका हुन ।
स्थानीय समय अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा बन्धुकधारीले गोली चलाएको बीबीसीले जानकारी दिएको छ ।
बीबीसीका अनुसार हाल बन्धुकधारीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणकारी पनि गम्भीर घाइते भएकाे जनाइएको छ ।