४ आश्विन २०८१, शुक्रबार

प्रावधान तोडेर मोदीले शेख मुजिबुर रहमानलाई गान्धी शान्ति पुरस्कार २०२० दिने निर्णय गरे

प्रकाशित मिति :  23 March, 2021 1:10 pm


काठमाडौ ।गान्ध शान्ति पुरस्काार २०२० बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानलाई दिइने निर्णय भएको भारतको संस्कृति मन्त्रालयले सोमबार जनाएको छ ।

यसैगरी सन् २०१९का लागि यो प्रतिष्ठित पुरस्कार ओमानका दिवंगत शासक सुल्तान काबूस बिन सइन अल सइदलाई दिइने भएको छ ।

ओमानका दिवंगत सुल्तानलाई भारतसँगको सम्बन्ध विस्तारका लागि उनले खेलेको भूमिकाको कदर स्वरूप यो पुरस्कार दिइने निर्णय गरिएको छ ।

साथै उनले खाडी क्षेत्रमा सुल्तान काबूले शान्ति र अहिंसा प्रवद्र्धनमा गरेको योगदानलाई सम्मान गर्दै यो पुरस्कार दिइएको भारतको सो मन्त्रालयले जनाएको छ ।

द वायरले जनाए अनुसार कुनै सरकारी स्रोतले गान्धी शान्ति पुरस्काार मृत्यु उपरान्त दिइने पुरस्कार होइन । तर ओमानका सुल्तान काबूस र बंगलादेशका राष्ट्रपित शेख बुजिबुर रहमान दुवै दिवंगत व्यक्तित्व हुन् ।

तर विशिष्ट अवस्थाका आधारमा यस्ता प्रावधानलाई बेवास्ता गरिएको हो ।

भारतका राष्ट्रपिता महात्मा गान्धीको १२५औं जन्मजयन्ती समारोहको अवसरमा सन् १९९५मा गान्धी शान्ति पुरस्कारको वर्सेनी दिइने घोषणाका साथ स्थापना गरिएको थियो ।

यो पुरस्कार जुनसुकै राष्ट्रियता, नश्ल, भाषा, जाति, उपजाति वा लिङ्गका व्यक्तिलाई दिइने पुरस्कार हो । गान्धी शान्ति पुरस्कारको निर्णायक मण्डलको अध्यक्ष प्रधानमन्त्री नरेन्द्र मोदीसहितको समितिबाट निर्णय गरिएको हो ।

प्रधानमन्त्रीका अतिरिक्त पूर्व प्रधानन्यायाधीश र लोकसभाकाो एक्लो ठूलो प्रतिपक्षी दलको नेता यो समितिमा सदस्य हुन्छन् ।

यसै गरी यो समितिमा लोकसाका सभामुख ओम बिरला र सुलभ इन्टरनेशनल सामाजिक सेवा संगठनका संस्थापक बिन्देश्वर पाठक सदस्य रहेका छन् ।

यो निर्णायक मण्डलले १९ मार्च २०२१मा यो निर्णय गरेको थियो । यो समितिले सर्वसम्मत निर्णय गरी बंगलादेशका राष्ट्रपित रहमान र ओमानका लामो समय शासन गरेका सुल्तान काबूसलाई गान्धी शान्ति पुरस्कार दिइने निर्णय गरिएको औपचारिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !