६ आश्विन २०८१, आइतबार

कैलालीको लम्की तनावग्रस्त,प्रहरीको गोली लागेर २ जना घाइते

प्रकाशित मिति :  23 March, 2021 1:46 pm


कैलाली । कैलालीको लम्कीमा बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

प्रर्दशनका क्रममा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरी कार्यालय घेराउ गरेर प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि बाँकेको कोहोलपुर पठाइएको छ । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नाका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् ।

प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !