६ आश्विन २०८१, आइतबार

भिरबाट लडेर बालिकाको मृत्यु

प्रकाशित मिति :  23 March, 2021 1:56 pm


डोटी । भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे बिद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !