३ आश्विन २०८१, बिहिबार

माइक्रोसफ्टले डिस्कोर्ड किन्न छलफलमा

प्रकाशित मिति :  23 March, 2021 2:38 pm


काठमाडौ । माइक्रोसफ्टले गेमकेन्द्रित च्याट सफ्टवेयर किन्न डिस्कोर्ड कम्पनीसँग छलफल गरिरहेको छ ।

सम्भावित खरिदबिक्रीका लागि डिस्कोर्डसँग एक्सबक्सका प्रमुख फिल स्पेन्सर वार्ता गरिरहेको बुझिएको छ ।

भेन्चरबिटले यसअघि डिस्कोर्डले धेरै खरिदकर्ताले चाहना देखाएपछि बिक्रीमुल्य १० अर्ब प्लस बढाइरहेको समाचार सार्वजर्जिनक गरेको थियो ।

ब्लुम्बर्गले एपिक गेम्स र अमेजन कम्पनीले पनि डिस्कोर्ड खरिद गर्ने विषयमा छलफल गरेको जनाएको छ ।

डिस्कोर्डसँग १४ करोड मासिक उपयोगकर्ता रहेका छन् । गत वर्ष यसले १३ करोड अमेरिकी डलरको आम्दानी गरेको थियो ।

यो कम्पनीको मूल्यांकन ७ अर्ब अमेरिकी डलर बराबर डिसेम्बर तिर रहेको थियो । त्यसबेला यो कम्पनीले १० करोड आम्दानी गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !