४ आश्विन २०८१, शुक्रबार

बाइडन प्रशासनले ३० खर्ब अमेरिकी डलर बराबरको आर्थिक योजना ल्याउँदै

प्रकाशित मिति :  23 March, 2021 3:05 pm


काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ३० खर्ब अमेरिकी डलर बराबरको आर्थिक योजना ल्याउन लागेको छ ।

बहुपक्षीय पूर्वाधार र आर्थिक प्याकेजसमेतलाई यो आर्थिक योजनामा समावेश गरिएको छ ।

राष्ट्रपति बाइडनले निर्वाचनताका उठाएका महत्वपूर्ण एजेन्डा पूरा गर्न ३० खर्ब अमेरिकी डलर बराबरको आर्थिक योजनाबारे छलफल भइरहेको सम्बद्ध स्रोतले जनाएको समााचार लाइभमिन्टले छापेको छ ।

सडक, पुल र अन्य पूर्वाधार परियोजनामा जलवायु परिवर्तनसम्बन्धी अभिप्रेरणात्मक परियोजनाको प्रस्ताव गरिने भएको छ । बाइडनले यसलाई ‘बिल्ड ब्याक बेटर’को रूपमा व्याख्या गरेका थिए ।

आर्थिक प्याकेजमा शिक्षालगायतका अन्य प्राथमिकताका विषयमा अपनाउनुपर्ने मापदण्डलाई ध्यान दिएर ल्याइनेछ ।
हवाइट हाउसले यसबारे विशेष कुरो खुलाएको छैन् ।



प्रतिक्रिया दिनुहोस !