६ आश्विन २०८१, आइतबार

पर्वतीय पथ प्रदर्शकहरूलाई परिचयपत्र वितरण सुरु

प्रकाशित मिति :  23 March, 2021 3:14 pm


काठमाडौं । पर्यटन विभागले माउन्टेन गाइड अर्थात् पर्वतीय पथ प्रदर्शकहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

विभागले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही कामी रिता शेर्पालाई परिचय पत्र उपलब्ध गराएर पथ प्रदर्शकका लागि परिचयपत्र वितरण सुरु गरेको हो ।

विभागकी निर्देशक मीरा आचार्यका अनुसार विभागले नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन थालेको हो ।

विभागले अनुमतिपत्र वितरणका लागि गएको चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो । शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराएका थिए । आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको पनि निर्देशक आचार्यले बताइन् । विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुने छ ।

विभागका अनुसार अनुमतिपत्र दुई सयभन्दा बढीको आवेदन परेको छ ।



प्रतिक्रिया दिनुहोस !