४ आश्विन २०८१, शुक्रबार

हिमपहिरोमा परी दुईको मृत्यु

प्रकाशित मिति :  23 March, 2021 3:16 pm


अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा हिम पहिरोमा परि २ जनाको मृत्यु भएको छ । मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य र दुईजना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताए ।

यस हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको यस प्राकृतिक प्रकोपमा परी एक पिता र उनकै छोराको मृत्यु भएको छ । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् ।

अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा जनाइएको छ । रासस /एफएफपी



प्रतिक्रिया दिनुहोस !