५ आश्विन २०८१, शनिबार

खानेपानी मन्त्री थापा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

प्रकाशित मिति :  23 March, 2021 4:57 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’र खानेपानी मन्त्री मणि थापाबीच भेटघाट भएको छ ।

मन्त्री निवास पुल्चोक ललितपुरमा आज दिउँसो भेटघाट भएको हो । भेटलाई मन्त्री थापाले ‘विशेष’ भनेका छन् ।

हिजो मात्रै महासचिव विप्लवसहितको नेतृत्वले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो ।

भेटका क्रममा विप्लवले आफ्ना पार्टीका नेता कार्यकर्ता रिहाई ढिलाई भएकोबारे ध्यानकर्षण गराएका थिए । आज फेरि महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले खानेपानी मन्त्री थापासँग भेट गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !